हुती नभएको पार्टी कांग्रेसः एमाले अध्यक्ष ओली 

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व अर्थमन्त्री जनार्दन शर्माले आफैं राजीनामा नदिएको भए उनलाई हटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले सक्दै नसक्ने ठोकुवा गरे ।

शुक्रबार छविलाल स्मृति तथा रक्तदान कार्यक्रममा बोल्दै ओलीले कांग्रेस हुती नभएको पार्टी भएको आरोप लगाए । उनले भने- ‘कांग्रेस त निरीह नै बोल्नै नसक्ने भयो । मन्त्रीले जे गरे पनि कांग्रेस त हेरेको हेर्‍यै । ओलीले भने, कांग्रेसको हुती नै छैन । दम नै छैन । यसपटक पनि मन्त्रीले आफैं राजीनामा दिएर हो । प्रधानमन्त्रीसँग मन्त्री निकाल्ने हुती छैन ।’

माओवादीप्रति आक्रामक रुपमा प्रस्तुत भएका ओलीले हतियार उठाउन परेको कारण अहिलेसम्म दिन नसकेको बताए । उनले भने ‘केका लागि हतियार उठाएको थियो । त्यसबेलादेखि सोध्दै आएको छु । जवाफ दिन सकेको छैन । महान जनयुद्ध के पाएर छोडे त ?’


Published :२४ असार २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media