धरानका मेयर साङ्पाङको घोषणा- मेयर चढ्ने गाडी बेचेर सडकका खाल्टा टाल्ने रोलर किन्छु

काठमाडौँ ।  धरान उपमहानगरपालिकाका मेयर हर्क साङ्पाङले आफू चढ्ने गाडी बेचेर सडकका खाल्टा टाल्न रोलर किन्ने घोषणा गरेका छन् । उनले मेयरका लागि भनेर उपमहानगरपालिकाले यसअघि किनेको गाडी बेचेर सडकका खाल्टा टाल्न रोलर किन्न लागिएको जानकारी सामाजिक सञ्जाल फेसबुकमार्फत गराएका हुन् ।

उपमहानगरपालिकाले मेयरलाई चढ्न भनेर स्कार्पियो गाडी किनेको थियो । तर, उनी सरकारी गाडी चढ्दैनन् । गाडी बेचेर रोलर किन्ने उनको प्रस्तावलाई बिहीबार बसेको कार्यपालिका बैठकले ताली बजाएर अनुमोदन गरेको थियो ।

उनले फेसबुकमा लेखेका छन्, मेयरलाई भनेर किनिएको स्कार्पियो गाडी बेचेर धरानको बाटोभरिका खाल्टा टाल्न रोलर मेसिन किन्ने बिचार छ मेरो ।


Published :२४ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media