कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, देउवाको कार्यशैलीप्रति कोइराला पक्षले आवाज उठाउने 

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । स्थानीय तह निर्वाचनपछि कांग्रेस केन्द्रीय समितिको  बैठक बस्न लागेको यो पहिलो पटक हो ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार दिउँसो १ बजे बस्न लागेको सो बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा हुनेछ । त्यसपछि आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको रणनीति बनाउने बताइएको छ । प्रवक्ता महतले आगामी निर्वाचनमा पनि सत्ता गठबन्धनलाई निरन्तरता दिने आमभावना रहेकाले त्यसबारे पनि बैठकमा छलफल गर्ने बताए ।

सो बैठकमा डा. शेखर कोइराला पक्षले भने सभापति शेरबहादुर देउवाको कार्यशैली र सरकारको कामकारबाहीको विषयलाई जोडतोडका  साथ उठाउने तयारी गरेको बुझिएको छ । आइतबार बसेको कोइराला पक्षका नेताहरुको बैठकले पार्टी नेतृत्व विधानविपरीत चलेको र सरकारमाथि भ्रष्टाचारको आरोप लागेको निष्कर्ष निकाल्दै यही विषय बैठकमा उठाउने निर्णय गरेको थियो ।


Published :२७ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media