रिलायन्स खुला निबन्ध प्रतियोगिताको प्रथम पुरस्कार ओखलढुंगाकी सामना खतिवडालाई

काठमाडौं । दोस्रो रिलायन्स खुला निबन्ध प्रतियोगिताको प्रथम पुरस्कार ओखलढुंगा जिल्लाकी सामना खतिवडाले जितेकी छिन् । ओखलढुंगाको  वरुणेश्वर माविकी मेधावी एवं लगनशील छात्रा सामना खतिवडा प्रथम भएकी हुन् ।

प्रथम पुरस्कार जित्न सफल मिहिनेती खतिवडाले नगद १० हजारसहित रिलायन्स कलेजमा भर्ना फी र ट्युसन फीमा शतप्रतिशत छात्रवृत्तिसमेत प्राप्त गरेकी छिन् ।

त्यसैगरी सो प्रतियोगितामा बाजुराको मालिका माविका लोकेन्द्र धामी द्वितीय भएका छन् भने  वरुणेश्वर मावि ओखलढुंगाकै नवीना नेपालले तृतीय स्थान प्राप्त गरेकी छिन् । सो प्रतियोगितामा द्वितीय हुने धामीले नगद ६ हजारसहित भर्ना फी र ट्युसन फीमा ९ महिनाको छात्रवृत्ति पाएका छन भने तृतीय भएकी नेपालले नगद ४ हजार र भर्ना फी र ट्युसन फीमा ६ महिनाको छात्रवृत्ति पाइन् ।

सो खुला निबन्ध प्रतियोगितामा नगद १ हजार र ५० प्रतिशतको छात्रवृत्तिसहित १० जनाले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । सान्त्वना पुरस्कार पाउनेमा अन्जिता खड्का, आयुषा आचार्य, तपेन्द्र शाहीलगायत रहेका छन् ।

“तपाईको स्थानीय क्षेत्रमा फोहोर व्यवस्थापनका चुनौती र समाधानहरु” विषयक सो निबन्ध प्रतियोगितामा असार ५ गतेदेखि १५ गतेसम्म २०० देखि २५० शब्दसम्मको निबन्ध संकलन गरी नतिजा प्रकाशित भएको हो ।

हेर्नुहोस् निबन्ध प्रतियोगिताको नतिजा  

 


Published :२८ असार २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media