सरकारद्वारा नागरिकता विधेयक प्रस्तुत

काठमाडौं । आज बसेको प्रतिनिधिसभा बैठकमा सरकारले नागरिकता बिधेयक प्रस्तुत गरेको छ ।

प्रतिनिधिसभाको जारी बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक प्रस्तुत गरेका छन् ।

नेकपा एमालेका सांसदहरु भीमबहादुर रावल र शेरबहादुर तामाङ तथा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले दिएको विरोधको सूचना प्रतिनिधिसभाले बहुमतले अस्वीकृत गरेपछि गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता ऐन संशोधन विधेयक प्रतिनिधिसभामा पेश गरेका हुन् ।

एमाले सांसद रावलले राज्य व्यवस्था समितिले व्यापक छलफल गरेर प्रतिवेदन पेश गरिसकेको अवस्थामा पहिलेको विधयेक फिर्ता लिएर नागरिकतासम्बन्धी नयाँ विधेयक ल्याउनु समितिकै अवहेलना भएको बताए ।

प्रतिनिधिसभामा प्रस्तुत भएको नागरिकता बिधेयक फिर्ता लिएर सरकारले नयाँ विधेयक प्रतिनिसभा बैठकमा प्रस्तुत गरेको हो ।


Published :२९ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media