एकैदिन थपिए २ सय ६ जना कोरोना सङ्क्रमित

काठमाडौँ । नेपालमा केही दिनयता कोरोना संक्रमण दरको ग्राफ उकालो लाग्दै गएको छ । पछिल्लो २४ घण्टामा अर्थात् एकैदिन  २ सय ६ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १७५ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १७७ तथा एन्टिजेन विधिबाट २९ जना सङ्क्रमित थपिएका हुन् ।

थपिएका नयाँ सङ्क्रमितमध्ये सबैभन्दा बढी काठमाडौँमा रहेका छन् । काठमाडौँमा मात्रै १ सय जना नयाँ सङ्क्रमित थपिएका छन् भने ललितपुरमा १८ जना नयाँ सङ्क्रमित थपिएका छन् । यही अवधिमा थप ४५ जना सङ्क्रमणमुक्त भएका छन् ।

योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ५ पुगेको मन्त्रालयले जनाएको छ ।


Published :२९ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media