आइसिसी विश्वकपमा स्कटल्यान्डविरुद्ध नेपालको पाँच विकेटको जित

राष्ट्रपाटी न्युज

असार ३०, २०७९

काठमाडौं ।आसिफ शेखको अर्धशतक प्रेरित नेपालले आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत जारी त्रिदेशीय शृंखलाको दोस्रो खेलमा घरेलु टिम स्कटल्यान्डविरुद्ध ऐतिहासिक पाँच विकेटको जित निकालेको छ । नेपालले क्रिकेटको कुनै पनि संरचनामा पहिलो पटक स्कटल्यान्डलाई हराएको हो । यो संगै नेपालले स्कटल्यान्डमा पहिलो जित निकालेको छ ।

टिटउड क्रिकेट मैदानमा घरेलु टिमले प्रस्तुत गरेको १४५ रनको लक्ष्य नेपालले २५.१ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो ।

नेपालको जितमा ओपनर आसिफले ७१ रनको अर्धसतकीय इनिङ खेले । आसिफले ६२ बलमा १० चौका र एक छक्का प्रहार गरे ।

यस्तै,  रोहित पौडेलले ३० रनमा अविजित रहे । नेपालका अर्का ओपनर कुशल भुर्तेल २७ रनमा आउट हुँदा देव खनाल चार, दीपेन्द्रसिंह ऐरी तीन र आरिफ शेख एक रनमा आउट भए ।

तालिकामा १८ खेल खेलेर १७ अंक जोडेको नेपाल पाँचौं स्थानमा उक्लिएको छ ।


Published :असार ३०, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media