आज पनि बस्दै काँग्रेस केन्द्रीय समिति बैठक

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ ।

सोमबारदेखि जारी बैठकमा स्थानीय निर्वाचनको समीक्षा, आगामी आमचुनावको रणनीति, सरकारको प्रभावकारिता र पार्टीका विभाग, भ्रातृ तथा शुभेच्छुक संस्था गठन र पूर्णताका विषयमा छलफल केन्द्रित हुने बताइएको छ ।

सरकारले गरेका काममाथि बैठकमा प्रश्न उठेपछि आजको बैठकमा काँग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुले जवाफ दिने छन् । महँगी, मल अभाव, संकटान्मुख अर्थतन्त्र, विवादित निर्णय नियुक्तिबारे नेताहरुले जमेर प्रश्न राखेका छन् ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा समूह नेताले सरकारको आलोचना गरिरहेका छन् । केन्द्रीय सदस्यहरुले सरकारको कामकारबाहीको विषयमा पनि प्रश्न उठाएपछि बिहीबारको बैठकमा मन्त्रीहरुले पनि जवाफ दिने कार्यक्रम राखिएको  छ ।

भोलि बोल्न बाँकी केन्द्रीय सदस्य र पदाधिकारीले बोलेर बैठक समापन गर्ने काँग्रेसको तयारी छ । सोमबारदेखि जारी बैठकमा काँग्रेसका ८३ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन् ।


Published :३० असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media