विश्व बैंकबाट नेपाललाई पौने १३ अर्ब ऋण सहायता

काठमाडौं । विश्व बैंकले नेपाललाई पौने १३ अर्ब रुपैयाँ ऋण दिएको छ ।

विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपालको हरित, जलवायु–उत्थानशील र समावेशी विकासमा सहयोग गर्ने उद्देश्यले उक्त ऋण दिएको विश्व बैंकले जनाएको छ ।

विश्व बैंकका अनुसार ग्रीन, रेसिलियन्ट र इन्क्लुसिभ डेभलपमेन्ट ((जीआरआईडी) का तीन चरणका कार्यक्रममध्ये पहिलो चरणका कार्यक्रम कार्यान्वयन गर्न यो ऋण सहायता उपयोग हुनेछ ।

विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि निर्देशक फारिस हदाद जेभोसले कोभिड-१९ महामारीपछि नेपालमा हरित र समावेशी विकासमा विश्व बैंकले सहायता केन्द्रित गरेको बताएका छन् ।

उनका अनुसार यो ऋण सहायता पानी, भूमीको प्रयोग, कृषि, वन, शहरी विकास, फोहोर व्यवस्थापन तथा प्रदूषण नियन्त्रणका क्षेत्रमा सरकारको मुख्य नीतिगत कार्यमा उपयोग गरिने भएको छ ।


Published :३१ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media