उपसभामुखमा पुष्पा भुसाल विजयी

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा पुष्पा भुसाल विजयी भएकी छन् । शुक्रबार प्रतिनिधिसभामा भएको मतदानमा पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सांसद भुसालले १४८ मत प्राप्त गरी विजयी भएकी हुन् ।

भुसाललाई माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, राष्ट्रिय जनमोर्चा र लोसपाले समेत समर्थन गरेका थिए ।

यसैगरी पराजित एमालेकी विद्या भट्टराईले ९३ मत ल्याइन् ।  उनलाई एमालेबाहेक राप्रपाले समर्थन गरेको थियो ।

२०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि खाली रहेको यो पदमा आज चुनाव भएको हो ।


Published :३१ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media