जसपाका दुई केन्द्रीय सदस्यसहित ६९ जनाले दिए सामूहिक राजीनामा

वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) का दुई केन्द्रीय सदस्यसहित ६९ नेता-कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् ।

पर्सा क्षेत्र नम्बर ४ निवासी केन्द्रीय सदस्य वीरेन्द्र यादव, टेकबहादुर शाक्य, प्रदेश समिति सदस्य सलाउदीन अहमद, क्षेत्र नम्बर ४ का क्षेत्रीय अध्यक्ष लालबाबु साह, जिल्ला सदस्य कृष्ण मोहन यादवसहित ६९ नेता-कार्यकर्ताले साधारण सदस्यसमेत नरहने गरी सामूहिक राजीनामा दिएका छन् ।

शनिबार वीरगन्जमा पत्रकार सम्मेलन गर्दै पार्टीमा पछिल्लो समय स्वेच्छाचारिता बढेको, एकलौटी ढंगबाट संचालन भएको, पार्टीमा ठेकेदार र भ्रष्टाचार हाबी भएको आरोप लगाउँदै उनीहरुले सामूहिक राजीनामा दिएको बताएका छन् ।

जसपा देश र जनताको हितमा नभई सीमित आसेपासे, नातेदार र पूँजी हुनेहरुको चंगुलमा डुब्दै गएकाले राजीनामा दिनुपरेको केन्द्रीय सदस्य वीरेन्द्र यादवले बताए । उनले पार्टीमा नियत राम्रो नभएका व्यक्तिहरु हाबी हुँदै गएको र पार्टीका अरु नेता, कार्यकर्तालाई बेवास्ता गर्दै गएकाले राजीनामा दिनु परेको जानकारी दिए ।

 

 

 


Published :३२ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media