भारतमा नयाँ राष्ट्रपतिका लागि मतदान आज, द्रौपदी र यशवन्त प्रतिस्पर्धा गर्दै

राष्ट्रपाटी न्युज

२ श्रावण २०७९

काठमाडौं । भारतमा आज नयाँ राष्ट्रपति चयनका लागि मतदान हुने भएको छ । हालका राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल २४ जुलाईमा सकिएपछि हुन लागेकाले नयाँ राष्ट्रपति पदका लागि मतदान हुन लागेको हो ।

आज बिहान १० बजदेखि साँझ ५ बजेसम्म संसद भवन र राज्य विधानसभामा मतदान हुने र २१ जुलाईमा मतगणना हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । २५ जुलाईमा नयाँ राष्ट्रपतिले शपथ ग्रहण गर्नेछन् ।

राष्ट्रपति पदका लागि सत्तारुढ भाजपाका तर्फबाट द्रौपदी मुर्मु र विपक्षीका तर्फबाट यशवन्त सिन्हा उम्मेदवार बनेका छन् ।


Published :२ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media