काठमाडौंमा १८ वर्षमाथिकालाई आजदेखि कोभिडविरुद्धको बुस्टर डोज दिइने

राष्ट्रपाटी न्युज

३ श्रावण २०७९

काठमाडौं । आजदेखि काठमाडौंमा १८ वर्षमाथिका उमेर समूहका व्यक्तिलाई कोभिड-१९ विरुद्धको खोपको बुस्टर डोज दिइने भएको छ । काठमाडौं जिल्लाका सबै स्वास्थ्य संस्थामा १८ वर्षमाथिका नागरिकलाई कोभिड-१९ विरुद्धको कोभिशिल्ड खोपको बुस्टर मात्रा दिन लागिएको हो ।

बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म काठमाडौंका सबै स्वास्थ्य संस्थामा खोप कार्यक्रम सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । काठमाडौंमा आगामी छ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ । दोस्रो मात्रा खोप लगाएको तीन महिना पुगेकाले बुस्टर खोप लगाउन मिल्ने चिकित्सकले बताएका छन् । ज्वरो आइरहेका र अरू कारणले बिरामी भएकालाई खोप नलगाउन डाक्टरको सुझाव छ ।

खोप लगाउन जाने व्यक्तिले पहिलो र दोस्रो मात्रा खोप लगाएको खोप कार्ड वा विद्युतीय दर्ता गरेको प्रिन्ट कपीसहित जान पनि स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।


Published :३ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media