म माथि अपमान भयो, घटनाको छानबिन होस् – सन्तोष भण्डारी

राष्ट्रपाटी न्युज

४ श्रावण २०७९

बूढानिलकण्ठ। बूढानिलकण्ठ नगरपालिकाका प्रमुखको कार्यकक्षमा पत्रकार तथा अधिवक्ता सन्तोष भण्डारीले आफूमाथि दुर्व्यवहार भएको दावी गरेका छन्। बूढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको कार्यकक्षमा आफू माथि दुर्व्यवहार भएको उनको दावी छ ।

साउन ३ गते करिव ५.३० बजेको समयमा नगर प्रमुखको कार्यकक्षमा पुगेका बेला स्थानीय संचार माध्यम पशुपति टाइम्स डट कमका सम्पादक भण्डारी माथि प्रमुख अधिकारीका सहयोगी रबिन्द्र अधिकारीले ठुलो आवाजले बोल्दै कार्यकक्षबाट बाहिर निकालेका भण्डारीको दावी छ ।

आफुले बूढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीलाई चुनावी प्रतिवद्वत्ता किन पुरा नगरेको भन्ने प्रश्न राखे संगै आक्रोसित बनेका उनले बाहिर निकालेको बताउदै पत्रकार भण्डारीले सामाजिक संजालमा लेख्दै संचार माध्यम प्रति भएको सो व्यवहारको भ्रत्सर्ना समेत गरेका छन् ।

राष्ट्रपाटिसंग कुरा गर्दै उनले जनताको चासो बिषयमा कुरा उठाउँदा आफू माथि अपमान भएको भन्दै घटनाको सत्य तथ्य छानबिनको माग गरेका छन्।

यसैबीच पूर्व नगरप्रवक्ता एबम बूढानिलकन्ठ १० का वडाध्यक्ष नबराज भट्टराईले सामाजिक संजाल मार्फत प्रतिक्रिया दिएका छन्। पुन नगरप्रवक्ता बन्ने सम्भावना रहेका उनले आफ्नाे स्टाटसमार्फत लेखेका छन्। ”बूढानिलकन्ठ नगरपालिकाको मेयरको कार्यकक्षमा पत्रकार तथा अधिबक्ता सन्तोश भन्डारि माथि दुर्ब्यबहार भन्ने समाचार केहि अनलाइन र स्वयम भन्डारिको फेसबुक स्टाटस हेरि जानकारि पाइयो। त्यस्मा मैले गम्भिरता पुर्वक चासो लिइ घटनाको बिबरण बुझ्ने क्रममा मेयर कक्षमा भएको सामान्य बिषयबस्तुलाइ तोडमोड गरि गलत ढङगले परिभाषीत (प्रेशित) गरेको पाइयो । भन्डारि जि प्रेश स्वतन्त्रता र पत्रकारको हक हित र अधिकार बुनपामा कुन्ठित हुन दिने छैनौ, आउ, बसौ, स्वतन्त्र छानबिन गरौ, दोशि करार भए कारबाहि गर्छौ, अन्यथा राज्यको चौथो अङ्ग भन्दैमा अनर्गल प्रचार गरि कुनै सन्स्था वा ब्यक्ति बिसेशलाइ राजनितिक पुर्वाग्रह राखि बदनाम गर्ने कुचेस्टा नगरौ । राज्यको चौथो अङ्गलाइ सम्मान गर्छौ, प्रेस स्वतन्त्रताको रक्षा गर्छौ ।”

यसैबीच  युवा परिषद बूढानिलकण्ठका उपाध्यक्ष रुपेश भट्टराईले आफू पनि घटनाको प्रत्यक्षदर्शी रहेको भन्दै यसो भन्छन। ”समाचारमा आएअनुसार दुर्व्यवहार भएको वा कार्यकक्षबाट बाहिर निकालेको केही हैन। मेयरसाब अत्यन्तै शालीन रुपमा जिम्मेवार भएर जवाफ दिइराख्नु भएको थियो। सन्तोषजी र रवीन्द्रजी बिच अरूनै बिषयमा दुइतर्फी बहस चलेको हो जुन केही मिनेटमै साम्य भयो। तर धेरै बढाईचढाई गरेर नगरपालिका र मेयरसाबलाई दोषि देखाउदै कपोकल्पित दुर्व्यवहार भएको भनेर समाचार बनाएपछि र संतोषजीको त्यो बेलाको अनावश्यक केरकार र प्रस्तुति हेर्दा यो कार्य नियोजित र राजनीतिक प्रतिशोध साँध्ने प्रोपागान्डा मात्र हो रहेछ भन्ने मलाई लागेको छ ।”

यसैबीच राष्ट्रपाटिसंग कुराकानी गर्दै नगर प्रमुख मिठाराम अधिकारिका सहयोगी रबिन्द्र अधिकारीले समय नै नलिई कार्यकक्षमा प्रवेश गरि जथाभावी बोल्न थालेपछि आफूले सहजीकरण मात्र गरेको दावी गर्दै कुनै किसिमको हातपत नभएको दावी गरेका छन्। उनले सबै किसिमको अनुसन्धानको लागि तयार रहेको भन्दै सिसिटिभी फुटेजले सबै कुरा छर्लंग पार्ने दावी समेत गरेका छन्।

 

 


Published :४ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media