नेप्सेमा एकल अंकको गिरावट, कारोबार रकम ३ अर्ब ६७ करोडमाथि

राष्ट्रपाटी न्युज

साउन २५, २०८३

काठमाडौं । सेयर कारोबार साताको पहिलो दिन सोमबार नेप्से परिसूचक नकारात्मक देखिएको छ। नेप्से परिसूचक ९.०२ अंकले घटेर २६४१.०६ विन्दुमा अडिएको छ।

३५२ वटा स्क्रिप्सको १ करोड ९ लाख ६६ हजार ७४५ कित्ता सेयर ३ अर्ब ६७ करोड ४४ लाख १९ हजार ७६६ रुपैयाँमा खरिदबिक्री भ‍ए।

यसदिन कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर सर्वाधिक ८.४७ प्रतिशतले बढ्दा रिलायबल समृद्धि योजना-२ को सेयर ९.७० प्रतिशतले घट्यो।

कारोबारमा आएकामध्ये ८२ वटा स्टक्सको मूल्य बढ्दा १७९ वटाको घट्यो। १५ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो।

चारवटा समूहको उपसूचक सकारात्मक देखिदा बाँकी अरु समूहको उपसूचक नकारात्मक देखिए।हाइड्रोपावर,मनु एण्ड,माइक्रोफाइनान्स र नन लाइफ इन्स्योरेन्सको उपसूचकबाहेक बाँकी अरु समूहको उपसूचक नकारात्मक देखिएका हुन्।


Published :साउन २५, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media