घट्यो सुनचाँदीको मूल्य

राष्ट्रपाटी न्युज

५ श्रावण २०७९

काठमाडौँ । बिहीबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य तोलामै एक हजार रुपैयाँले घट्दा चाँदीको मूल्य तोलामा १० रुपयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९२ हजार ५ सय रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको मूल्य तेलामा ११ सय ५५ रुपैयाँ तोकिएको छ ।

बुधबार छापावाल सुन प्रतितोला ९४ हजार, तेजावी सुनको मूल्य ९३ हजार ५ सय रुपैयाँ थियो । यस्तै बुधबार चाँदी प्रतितोल ११ सय ६५ रुपैयाँ खरिद बिक्री भएको थियो ।


Published :५ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media