राष्ट्रियसभाको बैठकमा नागरिकता विधेयक २०७९ प्रस्तुत

राष्ट्रपाटी न्युज

९ श्रावण २०७९

काठमाण्डौँ । राष्ट्रिय सभाको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ प्रस्तुत भएको छ ।

सोमबार बसेको राष्ट्रिय सभाको पहिलो बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई सभा समक्ष प्रस्तुत गरेका हुन् ।

त्यस्तै उनले नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक २०७६ र जेष्ठ नागरिक (पहिलो संशोधन) विधेयक २०७५ का सम्बन्धमा प्रतिनिधिसभाबाट आएको सन्देश सभा समक्ष प्रस्तुत गरेका छन् ।

यसैगरी बैठकमा खानेपानी मन्त्री उमाकान्त चौधरीले खानेपानी तथा सरसफाई विधेयक २०७६ लाई दफाबार छलफलका लागि विधान व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गरेका छन् ।


Published :९ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media