प्रेस युनियनको केन्द्रीय अध्यक्षमा शिव लम्साल विजयी

राष्ट्रपाटी न्युज

९ श्रावण २०७९

काठमाडौँ । नेपाली कांग्रेस समर्थित संस्था नेपाल प्रेस युनियनको केन्द्रीय अध्यक्ष पदमा शिव लम्साल ७४५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी अनिता विन्दुले ६१२ मत प्राप्त गरेकी छिन् ।

युनियनको हेटौँडामा आइतबार सम्पन्न नवौँ महाधिवेशनअन्तर्गतको निर्वाचनमा एक हजार ६७९ मतदातामध्ये एक हजार ३९७ मत खसेको थियो ।

यसैगरी वरिष्ठ उपाध्यक्ष पदमा प्रेम केसी, उपाध्यक्षद्वयमा नकुल अर्याल र भीष्मराज ओझा, उपाध्यक्ष महिलामा सलोजा दाहाल र उपाध्यक्ष समावेशीमा दीपेन्द्र वान्तवा विजयी भएका छन् । युनियनको महासचिवमा दिलीप पौडेल र कोषाध्यक्ष माधव धिताल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।


Published :९ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media