एकैदिन ६३८ जना थपिए कोरोना संक्रमित, २ को मृत्‍यु  

राष्ट्रपाटी न्युज

१० श्रावण २०७९

काठमाडौं । नेपालमा केही दिनदेखि कोरोना संक्रमणको ग्राफ तीव्रगतिमा बढेको छ । नेपालमा पछिल्लो २४ घण्टा अर्थात एकैदिन ६३८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् भने २ जनाको मृत्‍यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५५ जनाको परीक्षणमा ६३८ जना संक्रमित थपिएका हुन् ।

जसमध्‍ये २ हजार २१५ जनाको पीसीआर परीक्षण गर्दा ४०० जना र २ हजार ८४० जनाको एन्टिजेन परीक्षण गर्दा २३८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार ७१४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २१८ जना संक्रमणमुक्त भएका छन् ।

 


Published :१० श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media