“आगामी मंसिर ४ गते संसदको चुनाव हुनसक्छ”

राष्ट्रपाटी न्युज

साउन १०, २०७९

काठमाडौँ । आगामी मंसिर ४ गते संघीय संसदको चुनाव हुन सक्ने निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताएका छन् ।

स्थानीय तह निर्वाचनको परिणाम र खर्च विवरण सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सम्भवतः अर्को मन्त्रिपरिषद बैठकले निर्वाचनको मिति तोक्ने जानकारी गराए ।

‘आगामी प्रतिनिधिसभा निर्वाचन र प्रदेशसभा निर्वाचन गर्नका निम्ति आयोगले सम्पूर्ण व्यहोरासहित एकै चरणमा गर्ने गरी मिति सिफारिस गरिसकेको छ ।

आयोगको परामर्समा नेपाल सरकारबाट मिति तय हुने कानुनी व्यवस्था अनुसार आउँदो क्याबिनेटको बैठकबाट मंसिर ४ गतेको मिति तोकियो भने यसलाई आश्चर्य नमान्दा हुन्छ’, प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘हदै टाढा गएछ भने अर्को एउटा मिटिङसम्म जानसक्छ कि नभए आयोगले परामर्स दिएकै मितिको सेरोफेरोमा आउँदो निर्वाचनको मिति तोकिन्छ र सम्पन्न हुन्छ भन्नेछ, हामी आन्तरिक तयारीमा लागिसकेका छौ ।’


Published :साउन १०, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media