किन आउँदैछन् अमेरिकी विदेशमन्त्री लु नेपाल ?

राष्ट्रपाटी न्युज

१२ श्रावण २०७९

काठमाडौँ । अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु आज नेपाल आउँदै छन् । दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेश मन्त्री लु दुई दिने भ्रमणमा नेपाल आउन लागेका हुन ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिकी भ्रमण अन्यौलमा परेका बेला आउन लागेका उनको भ्रमणको योजना नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) बारे कुरा गर्नु रहेको हुन सक्ने कूटनीतिज्ञहरुले बताएका छन् ।
एमसीसी पारित हुनुअघि कूटनीतिक गृहकार्यका लागि नेपाल आएका थिए । सरकारले एसपीपी अस्वीकार गर्ने निर्णय गरेको एक महिनापछि उनी फेरि नेपाल आउन लागेका हुन ।
आज साँझ काठमाडौं आइपुग्ने लुले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्र मन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने बताइएको छ ।
प्रधानमन्त्री देउवा जुलाई मध्यदेखि अन्तिम साता वासिङ्टन जानेगरी गृहकार्य भएपनि सरकारले एसपीपी अघि नबढाउने निर्णय गरेसँगै भ्रमण तत्कालका लागि स्थगित भएको थियो । एसपीपीमा अघि नबढ्ने नेपालको निर्णयप्रति अमेरिका असन्तुष्ट बनेको कूटनीतिज्ञहरुले बताएका छन् ।
सरकारले एसपीपी अस्वीकार गर्ने निर्णय गरे पनि हालसम्म अमेरिकालाई पत्र पठाएको छैन । परराष्ट्र मन्त्रालयले केही दिनअघि एसपीपीबारे अमेरिकालाई पत्र लेख्ने विषयमा रक्षा मन्त्रालय र नेपाली सेनासँग राय मागिएको बताएको थियो । मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अमेरिकालाई पत्र लेख्ने विषयमा अध्ययन भइरहेको बताएकी थिइन्।
नेपाली सेनाको प्रत्यक्ष संलग्नता रहने अमेरिकी सैन्य कार्यक्रम एसपीपी अघि नबढाउने निर्णय गरेपनि सरकारले अमेरिकासँगको सैन्य साझेदारीलाई कायमै राख्ने सरकारी अधिकारीहरुको भनाई छ।
मन्त्रिपरिषद्को निर्णय समेत कार्यान्वयन नभएपछि सांसद, कूटनीतिज्ञ तथा वुद्धिजीवीहरुले अनेकन आशंका गर्दै आएका बेला भएको अमेरिकी मन्त्रीको नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।


Published :१२ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media