अपमानित र लज्जित हुने काम नगर्न कार्यकर्तालाई केपी ओलीको निर्देशन

राष्ट्रपाटी न्युज

१२ श्रावण २०७९

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई राष्ट्रिय राजनीतिको मियोका रूपमा स्थापित गर्ने बताएका छन् । पार्टीको दमक नगर कमिटी कार्यालयमा विहीबार अगुवा कार्यकर्ताहरूसँग अन्तरक्रिया गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले कार्यकर्तालाई भने, ‘राष्ट्रिय राजनीति एमालेको पक्षमा भइरहँदा स्थानीय तहको निर्वाचनमा दमक नगरपालिकामा पार्टीले हार्नुको कारण के हो ?’ उनले अरुलाई जिताएर आफैं अपमानित र लज्जित हुने काम नगर्न कार्यकर्तालाई निर्देशन दिए ।

‘हामीले व्यक्ति उठाउने होइन, पार्टी उठाउने हो’ उनले भने- ‘पार्टीले व्यक्तिलाई निर्देशित गर्ने हो नेतृत्व गर्ने हो ।’ आगामी दिनमा गल्ती नदोर्‍याउन र पार्टीले जित्ने गरी काममा लाग्न उनले कार्यकर्तालाई निर्देशन दिए ।

उनले आफूलाई चुनाव हराएर जनताले एक वर्ष नपुग्दै पछुतो मानेको बताए । उनले २०६४ को निर्वाचनको सन्दर्भ उठाएर यसो भनेका हुन् ।

त्यसबेला आफूलाई हराएर यहाँका जनताले एक वर्ष नपुग्दै गल्ती गरिएछ भनेर पछुतो मानेको तर्क गरे । यस्तो प्रवृत्ति स्थानीय निर्वाचनमा पनि देखिएको उल्लेख गर्दै उनले भने, ‘गल्ती कहिले कहिले हुन्छ तर पटकपटक दोहोरिनु हुँदैन । अबदेखि त्यस्तो गल्ती नदोहोरियोस् भन्न चाहन्छु ।’


Published :१२ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media