अमेरिकी विदेशमन्त्री डोनाल्ड लु काठमाडौंमा

राष्ट्रपाटी न्युज

१२ श्रावण २०७९

काठमाडौं । संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौं आइपुगेका छन् ।

लु आज अपरान्ह नयाँदिल्ली हुँदै काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

अमेरिकी दूतावासका अनुसार उनले अमेरिकी विदेश मन्त्रीले वार्षिकरुपमा प्रदान गर्ने अवार्ड फर कर्पोरेट एक्सलेन्स (एइसी)’ वितरण गर्ने कार्यक्रम रहेको छ ।

नेपालस्थित अमेरिकी दूतावासले लुको नेपाल भ्रमण नियमित भएको जनाएको छ ।


Published :१२ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media