पूर्वअर्थमन्त्रीमाथिको छानबिन समितिले आज प्रतिवेदन बुझाउने

राष्ट्रपाटी न्युज

१३ श्रावण २०७९

काठमाडौँ । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको संसदीय समितिले आज सभामुख अग्निप्रसाद सापकोटालाई छानबिन प्रतिवेदन बुझाउने भएको छ ।

बिहीबार अन्तिम प्रतिवेदन तयार गरेको समितिले आज सभामुखसमक्ष उक्त प्रतिबेदन बुझाउन लागेको हो । सिंहदरबार बिहीबार बसेको समितिको अन्तिम बैठकले सहमति जुटेका विषय र सहमति जुट्न नसकेका विषयलाई समेटेर अन्तिम प्रतिवेदन तयार गरेको थियो ।

समिति सचिव सुरेन्द्र अर्यालले समितिको प्रतिवेदन तयार भएको र केही प्राविधिक कुरा मिलाएर शुक्रबार सभामुखलाई बुझाइने जानकारी दिएका थिए । समिति सचिव सुरेन्द्र अर्यालले केही विषयमा सहमति जुटेको र नमिलेका विषयलाई पनि समावेश गरेर प्रतिवेदन तयार पारिएको जानकारी दिए ।

करका दर हेरफेरका विषयमा अनधिकृत व्यक्ति अर्थमन्त्रालयमा प्रवेश गरेको विषयमा छानबिन गर्न प्रतिनिधिसभाले असार २२ गते समिति गठन गरेको थियो ।

 


Published :१३ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media