एसपीपी पत्रमा समावेश बेहोरा सार्वजनिक गर्न एमालेको माग

राष्ट्रपाटी न्युज

१३ श्रावण २०७९

काटमाडौं । प्रतिपक्षी नेकपा एमालेले सरकारलाई अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा संलग्न नहुने भनी अमेरिकालाई लेखिएको पत्रमा समावेश भएको बेहोरा सार्वजनिक गर्न माग गरेको छ ।

परराष्ट्रमन्त्री नारायण खड्काले ९ गते नै अमेरिकालाई पत्र लेखेको भनी प्रतिनिधिसभामा बताएपछि सांसदहरुले प्रश्न गरिरहेका छन् । एमाले सांसद भीम रावलले अमेरिकालाई पठाएको पत्रको प्रतिलिपि नै माग गरे । एमालेकै सांसद शिवमाया तुम्बाहाम्फेले पत्रमा भएको विवरण सारा नेपालीले थाहा पाउनुपर्ने माग गरिन् ।


Published :१३ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media