पूर्वअर्थमन्त्री प्रकरणः अनधिकृत व्यक्तिको प्रवेश पुष्टि हुन नसकेको समितिको निष्कर्ष

राष्ट्रपाटी न्युज

१३ श्रावण २०७९

काठमाडौं । पूर्वअर्थमन्त्रीले अनधिकृत व्यक्तिको संलग्नतामा करको दर हेरफेर गरेको भन्ने विषयमाथि छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्यका हैसियतमा समितिका संयोजक रहेका लक्ष्मणलाल कर्णले प्रतिवेदन पेस गरेका हुन् ।

आर्थिक वर्ष २०७९–०८० को बजेट निर्माणका क्रममा गत १४ जेठमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले दुईजना अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको भन्ने विषयमाथि छानबिन गर्न २२ असारमा ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन गरिएको थियो ।

समितिलाई सुरुमा १० दिनको समयावधि दिइएको थियो । समय अपुग भएको भनी ५ साउनमा सात दिन समय थप भएको थियो । प्रतिवेदनमा ‘अनधिकृत व्यक्तिको प्रवेश पुष्टि हुन नसकेको’ निष्कर्ष छ ।

१७ दिनको कार्यावधिमा २३ वटा बैठक बसी ७५ घण्टा समय व्यतित् गरेको भन्दै कर्णले सीसीटीभीको फुटेज र फुटेजमाथि फरेन्सिक विज्ञहरुलाई बोलाएर छलफल गरेर प्रतिवेदन तयार गरेको जानकारी दिए ।

समितिले बुझाएको प्रतिवेदनको पूर्णपाठ :


Published :१३ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media