अमेरिकी विदेशमन्त्री लु स्वदेश फिर्ता

राष्ट्रपाटी न्युज

१४ श्रावण २०७९

काठमाडौँ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल भ्रमण सकेर शुक्रबार साँझ स्वदेश फर्किएका छन् ।

बिहीबार अपराह्न काठमाडौँ आएका लुले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

दुई दिने नेपाल बसाइमा उनले थप विस्तारित नेपाल-अमेरिका व्यापार सम्बन्धको बारेमा आयोजित अन्तरक्रियामा सहभागी भए भने केही सीमान्तकृत समुदायका प्रतिनिधिहरूसँग मानव अधिकार संरक्षणमा कसरी मिलेर काम गर्न सकिन्छ भनेर छलफल गरे ।


Published :१४ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media