माओवादी केन्द्र मात्र माओवादी हो अरु होइनन्ः प्रचण्ड

राष्ट्रपाटी न्युज

१४ श्रावण २०७९

काठमाडौँ । सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा अब एउटा मात्र माओवादी बाँकी रहेको बताएका छन् । शनिबार पार्टीको सम्पर्क समन्वय प्रदेश कमिटीको प्रशिक्षणमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशमा अब माओवादी नाम भएको माओवादी केन्द्र मात्र बाँकी रहेको बताए ।

उनले भने- ‘यो चुनावबाट माओवादी भनेको माओवादी केन्द्र मात्रै हो, अरुको काम छैन भन्ने स्पष्ट भयो’ उनले भने, ‘किरण माओवादीको काम छैन, विप्लव माओवादीको पनि अब अर्थ छैन, बाबुराम त माओवादी नै होइनन्, तिनको त हिसाबै भएन ।’ उनले अगाडि थपे, ‘१० वर्षपछि आएर देशमा एउटा मात्रै माओवादी छ र यसको एउटै नेतृत्व प्रचण्डमात्रै छ भन्ने पुष्टि भएको छ ।’

प्रचण्डले स्थानीय तहमा झण्डै १७५ आसपास सिट पाउने सम्भावना चुनावी तालमेलको तिक्तताको कारण पूरा हुन नसकेको बताए । ‘१२२ पुग्यौं । ५० सिट गुमायौं,’ उनले भने, ‘२० सिट आए पनि तेस्रो हुन्थ्यौं तर त्यो निर्णायक हुँदैनथ्यो । अहिले हामी निर्णायक तेस्रो शक्ति छौं ।’


Published :१४ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media