काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका नेता-कार्यकर्ता सबैले पार्टीको दायराभित्र बसेर अभिव्यक्ति दिनुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं १ ले शनिवार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा नेता सिंहले यस्तो धारणा राखेका हुन् । उनले कांग्रेस कार्यकर्ता भएपछि उसले हरेक गतिविधिले समाजमा कांग्रेसप्रतिको दृष्टिकोण तय हुने भएकाले सबै जना जिम्मेवार बन्नुपर्ने बताए ।
मुलुकको अर्थतन्त्रमा संकट देखिनुको प्रमुख जिम्मेवार कम्युनिष्ट पार्टीहरु भएको समेत उनले आरोप लगाए । कांग्रेस कार्यकर्तालाई अब सामाजिक सञ्जालदेखि समग्र गतिविधिमार्फत् चुनावी माहोल निर्माण गर्न उनले निर्देशन दिए ।
कांग्रेस पार्टीभित्रको एकता बलियो भए मात्रै मुलुकका सामु देखिएका चुनौती सामना गर्न सकिने भन्दै उनले सार्वजनिक मञ्च वा सामाजिक संजालबाट पार्टी निर्णयभन्दा फरक धारणा राख्दा व्यक्ति पपुलर होला तर कांग्रेस कमजोर हुने बताए ।