राप्रपाद्वारा पोखरामा प्रदर्शन

राष्ट्रपाटी न्युज

१४ श्रावण २०७९

काठमाडौँ । नागरिकता विधेयक खारेजीको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)  ले पोखराको पृथ्वीचोकमा विरोध प्रदर्शन गरेको छ । नागरिकता विधेयक, एमसीसी र संघीयता खारेजीलगायत २२ बुँदे माग राख्दै राप्रपाले पृथ्वीचोकमा १० मिनेट चक्काजाम समेत गर्‍यो ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको २२ बुँदे माग लागू नभएको र त्यसकै लागि पुनः सडकमा उत्रनुपरेको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले जानकारी दिए । ‘हामीले उठाएका माग सरकारलाई बुझाउन र दबाब दिन सांकेतिक रुपमा चक्काजाम गरेका हौं’, उनले भने ।

चक्काजामअघि आयोजित कोणसभामा बोल्दै राप्रपाको गण्डकी प्रदेश अध्यक्ष पञ्चराम गुरुङले नागरिकता विधेयक खारेज नभए नेपालको राष्ट्रियतामा खतरा पर्ने दाबी गरे । राप्रपाले असार १ गते महंगी नियन्त्रण, किसानलाई समयमै मल, राष्ट्रियताको संरक्षण, संघीयता खारेजी लगायत माग राखेर प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको थियो ।


Published :१४ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media