अर्थमन्त्री पुनः जनार्दन शर्मालाई बनाउने माओवादी निर्णय, आजै शपथ ग्रहण

राष्ट्रपाटी न्युज

१५ श्रावण २०७९

काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रले जनार्दन शर्मालाई पुनः अर्थमन्त्री बनाउने निर्णय गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न सिफारिस गरेका हुन् ।

शर्मालाई आजै शपथ ग्रहण गराउने तयारी छ । शर्माको आज नियुक्ति भएर आइतबार बेलुका नै शपथ दिलाउने तयारी भएको माओवादी केन्द्रीय कार्यालय निकट श्रोतले जानकारी दियो ।

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई करको दर हेरफेर गरेको आरोप लागेपछि शर्माले गत असार २२ गते राजीनामा दिएका थिए  ।

यसबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले बजेट निर्माणको क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको प्रतिवेदन गत शुक्रबार बुझाएको थियो ।


Published :१५ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media