डोटी । सत्ता साझेदार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धनले गर्दा आफ्नो पार्टीलाई घाटा लागेको दाबी गरेका छन् ।
एकीकृत समाजवादी डोटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो दाबी गरेका हुन् । उनले गठबन्धनको मात्रै गीत गाउँदा स्थानीय तहमा पार्टीले अपेक्षा गरे अनुसारको नतिजा नआएको जिकिर गरे । आफ्नै बलमा चुनाव लडेको भए १०० भन्दा बढी पालिकामा जित हुने नेपालको भनाइ थियो ।
अबको संघ र प्रदेशको निर्वाचनमा राम्रो नतिजा हासिल गर्ने नेपालको भनाइ छ । उनले भने- ‘हामीले स्थानीय निर्वाचन हेरेका छौं, गठबन्धन भनेर मात्र हुँदैन सबै बफादर हुनुपर्छ तर स्थानीय निर्वाचनमा त्यस्तो देखिएन, अब आफ्नै खुट्टामा उभिने हो, सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने हो ।