अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त 

राष्ट्रपाटी न्युज

१५ श्रावण २०७९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जनार्दन शर्मालाई पुनः अर्थमन्त्रीमा नियुक्त गर्नुभएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले शर्मालाई अर्थमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । शर्माले आजै राष्ट्रपति भण्डारीबाट शपथ लिने कार्यक्रम रहेको छ ।

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई करको दर हेरफेर गरेको आरोप लागेपछि शर्माले गत असार २२ गते राजीनामा दिनुभएको थियो ।

यसबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले बजेट निर्माणको क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको प्रतिवेदन गत शुक्रबार बुझाएको थियो ।


Published :१५ श्रावण २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media