अर्थमन्त्री शर्माले लिए शपथ

राष्ट्रपाटी न्युज

१५ श्रावण २०७९

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आइतबार साँझ राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपतिविद्यादेवी भण्डारीद्वारा अर्थमन्त्री शर्मालाई शपथ गराइएको हो ।

बजेट निर्माणमा अनधिकृत व्यक्ति सहभागी गराएको भन्दै नेकपा एमालेले विरोध गरेपछि २२ असारमा संसदीय छानबिन समिति गठन भएको थियो । शर्माले त्यसै दिन राजीनामा दिएका थिए । तर संसदीय समितिले उनीमाथि लागेको आरोप पुष्टि गर्न सकेन भने प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई अर्थमन्त्रीमा दोहो-एका हुन् ।


Published :१५ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media