नागरिकता विधेयक पास गरेर सरकारले राष्ट्रघाती काम गरेको शंकर पोखरेलको आरोप

राष्ट्रपाटी न्युज

१६ श्रावण २०७९

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशहित विपरीत नागरिकता विधेकय पास गरेर सरकारले राष्ट्रघाती काम गरेको आरोप लगाएका छन् ।

एमालेले सोमबार महंगी र भ्रष्टाचारको विरोधमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

नागरिकता विधेयकमा अङ्गीकृत नागरिकताका सम्बन्धमा छिमेकी मुलुक भारतमा रहेको व्यवस्था अनुरूप हुनुपर्नेमा सत्ता टिकाउने नाममा देशहितविपरीतको व्यवस्था गरेकोमा एमालेको आपत्ति रहेको उनले बताए ।

अंगीकृत नागरिकताका हकमा नेपाल र भारतमा समान कानुनी व्यवस्था हुनुपर्ने उनले बताए । मुलुकको अर्थतन्त्र ओरालो यात्रामा रहेको बताएका महासचिव पोखरेलले सबै आर्थिक सूचक नकारात्मक रहेको जानकारी दिए ।


Published :१६ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media