पर्यटनका उपसचिव नेपाल ६ लाख घुससहित रंगेहात पक्राउ

राष्ट्रपाटी न्युज

१७ श्रावण २०७९

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई घुस सहित रंगेहात पक्राउ गरेको छ । उनी ६ लाख घुस सहित पक्राउ परेका अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताएका छन् ।

उनलाई नक्साल नागपोखरीको एक होटलबाट रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ । पर्यटन व्यवसाय दर्ताका लागि घुस मागेको आरोपमा उनीविरुद्ध अख्तियारमा उजुरी परेको थियो । उजुरीपछि अख्तियारको टोलीले उनलाई घुस सहित पक्राउ गरेको हो ।

यसैबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव नेपालको साथबाट थप साढे १६ लाख रुपैयाँ बरामद गरेको छ । गाडीमा भेटिएको रकमसहित उनको साथबाट साढे २२ लाख रुपैयाँ भेटिएको हो ।


Published :१७ श्रावण २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media