मदन भण्डारी विश्वविद्यालय विधेयक प्रमाणीकरण

राष्ट्रपाटी न्युज

१८ श्रावण २०७९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

बुधबार राष्ट्रपति भण्डारीले उक्त विधेयक प्रमाणीकरण गर्नुभएको हो । विधेयक प्रमाणीकरण भएसँगै मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनाको बाटो खुलेको छ ।

विश्वविद्यालयका लगि मकवानपुरको चित्लाङ र काभ्रेमा संरचना निर्माण भइरहेको छ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले प्राविधिक विषय पढाइ हुने गरी छुट्टै विश्वविद्यालय सञ्चालन गर्न मदन भण्डारी विश्वविद्यालयसम्बन्धी विधेयक ल्याएको हो ।

 


Published :१८ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media