एकै परिवारका तीनजना मृत फेला

राष्ट्रपाटी न्युज

२५ श्रावण २०७९

काठमाडौँ । बझाङमा एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन् । बुङ्गल नगरपालिका– ९ रारुमा आमा, छोरी र छोरा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

२२ वर्षीया गीता पार्की, उनकी ५ वर्षीया छोरी र ३ वर्षीया छोरा भूपेन्द्र पार्की झुन्डिएको अवस्थामा भेटिएको बुङ्गल नगरपालिका– ९ का वडाध्यक्ष हरिशबहादुर सिंहले जानकारी दिए । मृतक बालिकाको भने नाम खुलेको छैन । इलाका प्रहरी कार्यालय बुङ्गलको प्रहरी टोली घटनास्थल पुगेको छ ।

स्थानीय प्रहरीले घटनास्थल शिल गरेको छ भने गए राति मात्र भारतबाट फर्किएका पुष्करलाई नियन्त्रणमा लिइएको छ ।


Published :२५ श्रावण २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media