कास्कीमा ४.३ म्याग्निच्युडको भूकम्पको धक्का

राष्ट्रपाटी न्युज

२७ फाल्गुन २०८१

काठमाडौं । कास्कीमा भूकम्पको धक्का महसुस गरिएको छ । कास्कीको मादी गाउँपालिकास्थित सैमराङ केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ४ बजेर ११ मिनेटमा भूकम्प गएको हो ।

यस अघि फागुन २४ गते बाग्लुङ केन्द्र विन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।


Published :२७ फाल्गुन २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media