भक्तपुरमा स्कार्पियो दुर्घटना, ८ जना घाइते

राष्ट्रपाटी न्युज

३० फाल्गुन २०८१

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ स्थित सुवर्णस्वरबाट गुण्डु तर्फ जाने क्रममा एक स्कर्पियो दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

तीव्र गतिका कारण आफैं अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । घाइते सबैलाई उपचारका लागि ठिमीस्थित मध्यपुर अस्पताल लगिएको छ ।

गुण्डु तर्फ जाने क्रममा मोडमा अनियन्त्रित भएर बीएए ०८३४ नम्बरको स्कर्पियो गाडी पल्टिएको हो । दुर्घटनामा परी गाडीमा सवार ८ जना घाइते भएका छन् । घाइते हुनेहरुमा भक्तपुर कटुञ्जे बस्ने २९ वर्षीय सविन अछामी, २८ वर्षीय कमल अछामी, सुबोध अछामी, २५ वर्षीय विनोद खत्री, २२ वर्षीय राजेश पोख्रेल, ३५ वर्षीय विवेक बस्नेत, २७ वर्षीया रुपा पन्त र आशिष अछामी छन् ।

गाडी अनियन्त्रित भएका बेला विपरित दिशाबाट आइरहेको मोटरसाइकल समेत पल्टिएको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Published :३० फाल्गुन २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media