माइतीघरमा आज सुब्बाहरूले बृहत् प्रदर्शन गर्ने

राष्ट्रपाटी न्युज

२६ श्रावण २०७९

काठमाडौँ । नायब सुब्बाहरूले निजामती विधेयकमा आफ्नो माग सम्बोधन गर्नुपर्ने माग राख्दै आज माइतीघर मण्डलामा बृहत् प्रदर्शन गर्ने भएका छन् ।

देशभरका हजारौं नासु तहका कर्मचारी सोमबारदेखि आन्दोलनमा उत्रिएपछि सरकारी कार्यालयको कामकाज प्रभावित बन्न पुगेका बेला शक्ति प्रदर्शनस्वरूप पाँचवटै ट्रेड युनियन मिलेर माइतीघर मण्डलामा धर्ना दिने भएका हुन् ।

सरकारले बजेट भाषणमा घोषणा गरेको भन्दा ठीकविपरीत असमान ढंगले तलब वृद्धि गर्न लागेकोमा असन्तुष्टि जनाउँदै आएका उनीहरूले अब निजामती सेवा ऐनको विषयमा माइतीघरमा शक्ति प्रदर्शन गर्ने भएका हुन् ।

अर्थमन्त्री जनार्दन शर्माले भने बजेट भाषणमा वृद्धि भएको अनुसार नै तलब बढ्ने आश्वासन नायब सुब्बाहरूलाई दिएपछि उनीहरूले अब प्रस्तावित निजामती सेवा विधेयकप्रति असन्तुष्टि जनाउँदै शक्ति प्रदर्शन गर्ने भएका हुन् ।


Published :२६ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media