सत्तारुढ तीन दलले बञ्चरेडाँडामा सदाका लागि फोहोर फ्याँक्न नदिने

राष्ट्रपाटी न्युज

२९ श्रावण २०७९

काठमाडौँ । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन झन्-झन् जटिल गएको छ। फोहोर व्यवस्थापनका लागि निर्मित धादिङ बेंसीस्थित बञ्चरेडाँडालाई लिएर फेरि नयाँ समस्या देखिएको छ।

करिब ७५ दिनदेखि काठमाडौंको फोहोर उठ्न नसकिरहेको अवस्थामा आइतवार तीन सत्तारुढ दलले सदाका लागि फोहोर फ्याँक्न नदिने घोषणा गरेका छन् ।

सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका धादिङको धुनीबेंसी नगरपालिकास्थित संगठनहरुले बञ्चरेडाँडा अब सदाका लागि फोहोर फ्याँक्न नदिने घोषणा गरेका हुन् ।

धादिङको धुनिवेशी नगरपालिका–१ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केद्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले संयुक्त व्यक्तव्य जारी गर्दै बञ्चरेडाँडामा फोहोर फाल्न नदिन घोषणा गरेका हुन् ।


Published :२९ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media