ओखलढुंगे समुदाय डा. भट्टराईको पक्षमा छ – केदारराज पुडासैनी

राष्ट्रपाटी न्युज

३१ श्रावण २०७९

कपन। सरकारले आगामी मङ्सिर ४ गते आमनिर्वाचनको घोषणा गरे संगै देशभर निर्वाचनको माहोल तातेको छ । काठमाडौं जिल्लाको क्षेत्र नं ४ पनि बिबिध कारण विशेष चर्चामा छ। नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेकपा एमालेका स्थाई कमिटि सदस्य डा राजन भट्टराई बीच रोचक प्रतिष्पर्धा हुने करिव निश्चित भएर पनि होला, यस क्षेत्रमा चुनावी रौनक बढी नै देखिएको छ। संघीय साम्सदको लागि मात्र होइन, प्रदेश सभामा समेत दावेदारहरुको लिष्ट लामो बनेको छ।

यसैबीच काठमाडौं जिल्लाको क्षेत्र नं ४ मा घना बस्ति रहेको कपन क्षेत्र जनसंख्या र मतदाताको हिसाबले अत्यन्त महत्वपूर्ण रहेको छ। निर्वाचनको बेला सबै पार्टीको बिशेष ध्यान जाने यो क्षेत्रले धेरैको विजय र पराजयलाइ निर्धारण गर्छ। भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले बूढानिलकण्ठ नगरपालिकाको प्रमुख तथा उपप्रमुख सहित बिजयी हासिल गर्ने मुख्य कारण कपन क्षेत्रको भोट नै थियो।

कपन क्षेत्रमा राजनीतिक ,सामाजिक एबम ऐतिहासिक हिसाबले हेर्दा दुइ थरि मान्छेहरुको बाहुल्यता रहेको छ। एउटा सिन्धुपाल्चोकबाट बसाइँसरेर आएको समूह र अर्काे ओखलढुंगाबाट बसाइँसरेर आएको समूह । सबै पार्टी समर्थकहरु यस भित्र भएपनि सामरिक र क्षेत्रीय हिसाबले यी समुहले निर्णय गरे जो सुकैले जित्ने र हार्ने वातावरण बन्न सक्छ।

यसैबीच केहि समय अघि नेपाली कांग्रेसको समर्थनमा लेख्ने एक अनलाइन मेडियाले कपन क्षेत्रमा रहेका ओखलढुंगे समुदाय र सिन्धुपाल्चोक समुदायबीच बेमेल रहेको र ओखलढुंगे समुदाय नेकपा एमालेका स्थाई कमिटि सदस्य तथा यस क्षेत्रका सम्भावित उम्मेदवार डा राजन भट्टराईसंग असन्तुष्ट रहेको खबर प्रकाशित गरेको थियो। त्यस खबरको कपन क्षेत्रमा बसोबास गर्ने ओखलढुंगे अगुवाहरुले बिरोध गरेका छन्। लामो समय देखि कपन क्षेत्रमा बसोबास गर्दै आएका त्रिभुवन विश्वविधालयका सहप्राध्यापक एबम काठमाडौं जिल्लाको क्षेत्र नं ४(ख) का प्रदेश सभा सदस्य दावेदार केदार राज पुडासैनीले यस बिषयमा कडा प्रतिबाद गरेका छन्। अहिले यो नयाँ अबस्थामा आइसकेको कपन क्षेत्रलाई अनाबश्यक रुपमा जिल्लागत रुपमा बिभाजन गर्नु गलत भएको भन्दै उनले आफूहरुको समुदाय सधै डा राजन भट्टराईको पक्षमा रहेको र कुनै हिसाबले पनि उनको बिपक्षमा नरहेको दावी गरेका छन। लामो समयदेखि सिन्धुपाल्चोक र ओखलढुंगाको समुदाय यस क्षेत्रमा संगै मिलेर बसेको भन्दै उनले एमालेलाई हराउने कुटिल मनसायले पार्टीभित्र भूगोलको खेल भएको भन्दै  कपन भित्र बसोबास गर्ने ओखलढुंगे समाजले डा भट्टराईलाइ सहयोग गर्नेमा ढुक्क रहेको समेत बताएका छन्। यो बिषयलाई पार्टीका बरिष्ठ उपाध्यक्ष इश्वर पोख्रेलसंग जोड्नु भ्रमको खेति मात्र भएको उनको भनाइ छ।

 

 

 

 


Published :३१ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media