काठमाडौँ । सरकारले आजदेखि ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको झोला उत्पादन, आयत, बिक्री वितरण तथा प्रयोगमा पूर्ण रुपमा रोक लगाएको छ ।
वातावरण विभागले एक सूचना जारी गर्दै ४० माइक्रोनभन्दा पातला प्लाष्टिकमा प्रतिबन्ध गरेको जनाएको हो । २०७८ माघ १७ नै प्लाष्टिकका झोला प्रतिबन्ध गरे पनि कोभिड–१९ को प्रकोपका कारण केही समय अनुगमन गर्न नसकेकोले कडाइका साथ कार्यान्वयनमा समस्या भएको विभागले उल्लेख गरेको छ ।
वातावरणीय संरक्षणका दृष्टिले अत्यन्त महत्वपूर्ण रहेको प्लाष्किका झोला प्रतिबन्धको नीति आजदेखि थप कडाइका साथ लागू गर्ने विभागले जनाएको छ ।
आजदेखि ४० माइक्रोनभन्दा पातलो प्लाविक झोला उत्पादन, आयात, बिक्रीलाई पूर्ण रुपमा प्रतिबन्ध गरेको जनाउँदै आजदेखि अटेर गरेमा कारबाही हुने विभागले स्पष्ट पारेको छ ।