काठमाडौँ । एकता महिला कृषि सहकारी संस्थाले सातौँ वार्षिक साधारणसभा तथा तिज विशेष कार्यक्रमको आयोजना गरेको छ । सो संस्थाले बुढानीलकण्ठ नगरपालिकाको बालुवाखानीमा शनिबार सो कार्यक्रमको आयोजना गरेको हो ।
एकता टोलबासी ३४ जना दिदीबहिनीबाट सुरु गरिएको यस सहकारीमा अहिले ५५७ जना महिला दिदीबहिनीहरु संलग्न रहेका छन् । प्रत्येक सदस्यबाट यस सहकारीले हरेक महिना ५०० रुपैयाँका दरले सहकारीमा बचत गर्ने गरेको छ । छरिएर रहेको सानो सानो रकमलाई एकमुष्ट बनाई एकअर्काको समस्यामा सहयोग गर्ने उद्देश्य राखेको यस सहकारीले बिना धितो सदस्यहरुलाई २० हजारदेखि ५ लाखसम्म ऋण उपलब्ध गराउने गरेको छ ।
१७ हजार रुपैयाँबाट सुरु गरी विशेष गरी महिला गृहिणीहरुलाई समेट्दै आर्थिक पक्षमा सबल बनाउने उद्देश्यबाट प्रेरित यस संस्थाको हालको चुक्ता पुँजी १३१७२६ रहेको छ । यसका साथै यस सहकारीले विभिन्न सामाजिक कार्यहरु पनि गरेको छ ।
यस सहकारीबाट हालसम्म गरिएका सामाजिक कार्यहरु यस्ता छन्:
त्यसैगरी यस सहकारी संस्थाबाट कार्यान्वयनमा आएका योजनाहरु तथा आगामी योजनाहरु यस्ता छन्: