गिरीको निधनबाट हामीले सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमायौँ : राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनबाट सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएको बताउनुभएको छ ।

राष्ट्रपति भण्डारीले आज ट्वीट गर्दै सो कुरा बताउनुभएको हो । राष्ट्रपति भण्डारीले लेख्नुभएको छ, ‘गिरीको निधनको खबरले अत्यन्त दुःखी बनाएको छ । उहाँको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौं ।’ उहाँले गिरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेकी गर्नुभएको छ ।


Published :५ भाद्र २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media