श्रद्धाञ्जलीका लागि नेता गिरीको पार्थिव शरीर २ बजेसम्म सानेपामा राखिने

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको आज अन्त्येष्टि गरिँदै छ ।
७५ वर्षको उमेरमा शनिबार राति निधन भएका गिरीको आज हिन्दू संस्कार अनुसार अन्त्येष्टि गरिने भएको छ ।
कांग्रेस संसदीय दलको कार्यालयका अनुसार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ । त्यसअघि, उनको पार्थिव शरीर मेडिसिटी अस्पतालको शिवालयमा बिहान ९ देखि ११ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिनेछ ।  पार्टी केन्द्रीय कार्यालय सानेपामा साढे ११ देखि दिउँसो २ बजेसम्म  श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कांग्रेस संसदीय दलको कार्यालये जनाएको छ ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका गिरी लामो समयदेखि घाँटीको क्यान्सरबाट पीडित थिए । ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारका क्रममा शनिबार राति साढे ९ बजे उनको निधन भएको थियो ।


Published :५ भाद्र २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media