शेयर भर्दा अब ५ रूपैयाँ मात्र लाग्ने

काठमाडौं । नेपाल नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासनमा लाग्ने सि- आश्वा शुल्क घटाउने भएको छ । आइतबार बसेको धितोपत्र बोर्ड बैठकमा सि- आश्वा शुल्क घटाउने प्रस्ताव लगिएको बोर्डले जनाएको छ ।

अब आईपीओ लगायतका सार्वजनिक निषकासनमा अधिकतम ५ रूपैयाँसम्म मात्रै शुल्क लिन पाउने गरी बोर्डमा प्रस्ताव लगेर छलफल गरिने भएको छ ।  जसमध्ये १ रूपैयाँ सार्वजनिक निष्कासनन गर्ने कम्पनीले नियुक्त गरेको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकले पाउनेछ । त्यस्तै १ रूपैयाँ सिडिएस एण्ड क्लियरीङ लिमिटेडले प्राप्त गर्नेछ । अधिकतम शुल्क पाँच रूपैयाँ तोकिएको भए पनि त्यसभन्दा कम लिन सक्ने बताइएको छ ।

हाल सार्वजनिक निष्कासनमा बोर्डबाट सि- आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाले अधिकतम १०० रूपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था थियो । जसमध्ये सिडिएस एण्ड क्लियरीङले २ रूपैयाँ र  धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकले १० रूपैयाँ प्राप्त गरेर त्यसभन्दा माथिको शुल्क सि-आश्व सदस्यलाई प्राप्त हुने व्यवस्था थियो ।

 


Published :६ भाद्र २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media