निर्वाचनको मौन अवधि २४ घण्टा बनाउन एमालेको सुझाव

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निर्वाचनको मौन अवधि घटाउन सुझाव दिएको छ ।

निर्वाचन आयोगले दलहरुसँग गरेको छलफलमा एमालेले निर्वाचनको मौन अवधि ४८ घण्टाबाट घटाएर २४ घण्टा बनाउन सुझाव दिएको प्रचार विभाग सचिव गगन बिष्टले जानकारी दिए ।

आयोगलाई १३ बुँदे सुझाव बुझाएको एमालेले उम्मेदवारको मनोनयनपत्र पेश गर्न जाँदा वा प्रचारप्रसारका लागि २५ भन्दा बढी जुलुस लान नपाउने व्‍यवस्था हटाउन पनि माग गरेको छ ।

‘उम्मेदवारको मनोनयनपत्र पेस गर्न जाँदा वा प्रचार प्रसारको लागि २५ जनाभन्दा बढीको जुलुस लान नपाइनेलगायतको व्यवस्था हुने भएकाले सो व्यवस्था हटाउनुपर्नेछ,’ एमालेले आफ्नो सुझावमा भनेको छ, ‘जुलुस, आमसभा, कोणसभा, बैठक, भेलाको जानकारी स्थानीय प्रशासनलाई गराउनुपर्ने व्यवस्था गर्नुपर्ने, अनुमति भन्ने हटाउनुपर्नेछ ।’

यस्तै एमालेले आचारसंहितामा मुख्य प्रचारकको संख्या तोक्नु नहुने व्यवस्था गर्न माग गरेको छ ।

 


Published :भदौ ६, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media