ओखलढुंगामा फेरी चुनाव लड्ने यज्ञराज सुनुवारको अर्थपूर्ण संकेत

काठमाडौं । सरकारले आगामी मङ्सिर ४ गते आमनिर्वाचनको घोषणा गरे संगै देशभर निर्वाचनको माहोल तातेको छ । ओखलढुंगा जिल्लामा समेत यसको प्रभाव पर्न थालिसकेको छ। निर्वाचनमा बिभिन्न पार्टीबाट उम्मेदवारको दावेदारी गर्नेहरु बिस्तारै सक्रिय बन्न थालेका छन्। संघीय सांसद मात्र होइन , प्रदेशसभा सदस्य बन्न समेत बिस्तारै माहोल सिर्जना गर्ने र नेतृत्वलाई प्रभावित बनाउने प्रयास समेत हुँदै छ।

यसैबीच ओखलढुंगा जिल्लाबाट निर्वाचित साम्सद एबम नेकपा एमालेका केन्द्रिय सदस्य यज्ञराज सुनुवारले ओखलढुंगामा एमालेले फेरी इतिहास बनाउने बेला आएको बताएका छन्। स्थानीय तहको निर्बाचनमा ओखलढुंगा जिल्लामा तितो अनुभव गर्नुपर्ने अवस्था सिर्जना भएपनि बिगतका तिता मिठा अनुभवलाइ शिक्षाको रुपमा लिएर आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा एकमाना एकताका साथ अगाडी बढ्न सबै एमाले नेता कार्यकर्ताहरुलाई अनुरोध गरेका छन्।

यसै सन्दर्भमा बोल्दै उनले ओखलढुंगा जिल्लामा को चुनाव लड्ने भन्ने कुरा नेताहरु बीच छलफल चलिरहेको बताउंदै एकताबद्द र सुद्रिढ एमाले निर्माणमा लाग्न अनुरोध समेत गरेका छन्। घुमाउरो भाषामा छलफल चलेको भन्दै उनले टिकट पाए पुन चुनाव लड्ने संकेत गरेका हुन्।

कार्यक्रममा बोल्दै उनले टिकट माग्न कसैले पनि नेताको घर घरमा धाउनु नहुने भन्दै धाए उनीहरुको राजनीति सकिने चेतावनी समेत आफ्ना प्रतिष्पर्धीहरुलाई दिएका छन्।

यसै सन्दर्भमा ओखलढुंगा जिल्लाका एक जिल्ला नेताका अनुसार संघीय साम्सदका लागि यज्ञराज सुनुवारको बिकल्प तत्कालिन अबस्थामा अमिर बाबु गुरुङ देखिएपनि स्थानीय तहको निर्वाचनमा टिकट वितरणमा उनको मनोमानी र प्राप्त नतिजाले त्यो अबस्था करिव टरेको छ। धेरैजसो स्थानमा गलत व्यक्तिहरुलाई टिकट वितरण गर्नाले निर्वाचन हारेको भन्ने जानकारी अध्यक्ष के पी वलीलाई समेत भैसकेकोले सुनुवारको बिकल्प नरहेको उनको तर्क छ।

ओखलढुंगा- काठमाडौं सम्पर्क मंच महिला बिभागद्वारा आयोजित तिज बिशेष कार्यक्रममा एमाले नेत्री डा शिव माया तुम्वाहाम्फे प्रमुख अतिथिको रुपमा रहेकी थिइन् भने ,एमाले ओखलढुंगा जिल्ला अध्यक्ष शंकर कटुवाल, जिल्ला तथा केन्द्रका नेताहरु , सम्पर्क मंचका पदाधिकारीहरु लगायत धेरै महिलाहरुको उपस्थिति रहेको थियो।


Published :६ भाद्र २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media